कला

झाले सार्वजनिक गरे मधेस जागरणसम्बन्धी गीत

इकागज |
जेठ १८, २०७८ मंगलबार १६:४८ बजे

काठमाडौँ : जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले मधेस जागरणसम्बन्धी आफ्‍नै शब्द,संगीत र स्वरमा गीत सार्वजनिक गरेका छन् ।  
‘उठू मधेसी, जागू मधेसी’ बोलमा आफ्‍नै युटुबमा म‌ंगलबार गीत सार्वजिनक गरेका हुन् ।  

मैथली भाषाा रहेको गीतमा उठ्नुस मधेसी, जागनुस मधेसी, स्थापित गर्नुस् आफ्नो पहिचान, न अलमलिनुस्, नभुल्नुस्, बचाउनुस् आफ्नो स्वाभिमानलगायतबारे सन्देश दिएको झाले बताए । मौका चिन्‍न सकिएन भने सारा अधिकार गुम्‍ने, सहिदहरूको सपना र बलिदानी सबै व्यर्थ हुने उल्लेख रहेको पनि झाले बताए ।


‘अहिलेको परिस्थितिमा सँगै बस्‍न प्रेरणा मिलोस् भनेर गीत सार्वजनिक गरेको हुँ’, झाले भने । उनले  गीतमा भाषा, जाती, धर्म को नाउँमा लडेमा, छुटिएर बसेमा शासकवर्गले जेलझाल गरेर केही नदिने झाले बताए । तसर्थ मिलेर र जुटेर बस्‍नुपर्ने झाले गीतमा उल्लेख गरेका छन् । 


Author

थप समाचार
x