कला

३ वर्षपछि अभिनयमा फर्किइन् टेलर स्विफ्ट

इकागज |
जेठ २०, २०७८ बिहीबार ११:५१ बजे

लसएन्जल्स : लगभग तीन वर्षपछि टेलर स्विफ्टले नयाँ फिल्म साइन गरेकी छिन् । सन् २०१९ मा रिलिज भएको ‘क्याट्स’ सुपरफ्लप भए पछि टेलर गायनमा मात्र केन्द्रित थिइन् । त्यता उनले दुई एल्बम सार्वजनिक गरेकी छिन् । जसमध्ये पछिल्लो फिल्म ‘फ्लोकलोर’ले उनलाई थुप्रै अवार्ड दिलाएको थियो । 

टेलरले सम्झौता गरेको फिल्म डेभिड ओ रसेलले निर्देशन गर्नेछन् । फिल्ममा स्टार कलाकारको भिड रहने हलिउड रिपोर्टरले समाचार छापेको छ । हलिउड रिपोर्टरका अनुसारमा फिल्म टेलरसँथै क्रिश्चियल बेल, मार्गोट रबी, रमि मलिक, अन्या टेलर जोय, रबर्ट डी निरो आदि कलाकारको पनि अभिनय रहनेछ । 


फिल्मको नाम औपचारिक रुपमा घोषणा गरिएको छैन तर विकीपेडियाका अनुसार रसेलले निर्देशन गर्ने यो सिनेमाको नाम ‘क्यान्टरबरी ग्लास’ राखिएको छ । फिल्मको विधा पिरियड कमेडी रहेको पनि विकीले लेखेको छ । रसेल आफैं ६ वर्ष पछि निर्देशनमा फर्कन लागेका हुन् । उनले जेनिफर लरेन्सलाई लिएर सन् २०१५ मा ‘जोय’ बनाएयता कुनै फिल्म निर्देशन गरेका थिएनन् । 


Author

थप समाचार
x