कला

जारी भयो कान्सको लाइनअप, अस्गर फरहादीदेखि वेस एन्डरसम्म  'पाम डी अर'को प्रतिस्पर्धामा

इकागज |
जेठ २०, २०७८ बिहीबार १६:२२ बजे

वेश एन्डरसन निर्देशित ‘दि फ्रेन्च डिस्प्याच’को एक दृश्य ।

कान्स :  कान्स फिल्म फेस्टिभलले ७४ औं संस्करणमा स्क्रिनिङ हुने प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी फिल्मको सूची जारी गरेको छ । फेस्टिभलले बिहीबार युट्युब तथा ट्वीटरको माध्यमबाट नयाँ संस्करणमा छनोट भएका फिल्मका नाम सार्वजनिक गरेको हो ।  

कोभिड १९ सिर्जित महामारीका कारण अघिल्लो सालको कान्स रद्द भएको थियो । यो साल भने आयोजकले शारीरिक उपस्थितिमै फेस्टिभल आयोजना गर्ने तयारी गरेको हो । कान्सको नयाँ संस्करण जुलाई ६ देखि १७ सम्म चल्नेछ । 


फेस्टिभल निर्देशक थियरी फेरमेक्सले फेस्टिभलमा सहभागी हुन चाहाने दर्शकले ४८ घन्टा भित्र कि त खोप लगाएको प्रमाणपत्र वा कोभिड नेगेटिभ भएको प्रमाण देखाउनु पर्ने जनाएको छ । उनले सामान्य अवस्थामा झैं शत प्रतिशत अकुपेन्सीका साथ फेस्टिभल चल्ने पनि जानकारी गराएका छन् । 

फेस्टिभलले यस अघि नै लिओस कारक्स निर्देशित ‘एनेट्टे’सँगै फेस्टिभलको सुरुवात हुने जनाएको थियो । यो फिल्म पाम डी अरका लागि पनि प्रतिस्पर्धामा रहनेछ । 
‘एनेट्टे’बाहेक अस्गर फरहादी निर्देशित ‘अ हिरो’, वेश एन्डरसन निर्देशित ‘दि फ्रेन्च डिस्प्याच’ जुलिया डुकोउरनाव ‘टिटाने’ पनि कान्सको सर्वोच्च पुरस्कार पाम डी अरका लागि प्रतिस्पर्धामा रहेका छन् । कुल २३ फिल्म यो विधाका लागि प्रतिस्पर्धामा रहनेछन् । 

यसैगरी कान्सको दोस्रो ठूलो पुरस्कार ‘अन सर्टेन रिगार्ड’ का लागि भने ११ फिल्म प्रतिस्पर्धामा रहेका छन् । ६ वटा फिल्म कान्समा नै पहिलो पटक वल्र्ड प्रिमियर हुँदैछन् । 

कान्सले यो पटक जोडी फोस्टरलाई अनररी पाम डी अर प्रदान गर्ने निर्णय गरेको छ । जोडीले १३ वर्षको उमेरमा मार्टिन स्कोरसिससँगै पहिलो पल्ट कान्सको रेडकार्पेट हिँडेकी थिइन् ।  मार्टिन निर्देशित ‘ट्याक्सी ड्राइभर’मा जोडी रबर्ड डी निरोसँगै महत्वपूर्ण भूमिकामा देखिएकी थिइन् । यो फिल्मले पाम डी अर जितेको थियो । जोडीले सन् २०१६ मा निर्देशन गरेको ‘मनी मन्स्टर’ पनि कान्समा नै प्रिमियर भएको थियो । 

Opening Night Film
“Annette,” Leos Carax (also in Competition)

Competition
UN HÉROS (A Hero) by Asghar FARHADI
TOUT S’EST BIEN PASSÉ by François OZON
TRE PIANI by Nanni MORETTI
TITANE by Julia DUCOURNAUW
THE FRENCH DISPATCH by Wes ANDERSON
RED ROCKET by Sean BAKER
PETROV’S FLU by Kirill SEREBRENNIKOV
PAR UN DEMI CLAIR MATIN by Bruno DUMONT
NITRAM by Justin KURZEL
MEMORIA by Apichatpong WEERASETHAKUL
LINGUI by Mahamat-Saleh HAROUN
LES OLYMPIADES (Paris 13th District) by Jacques AUDIARD
LES INTRANQUILLES (The restless) by Joachim LAFOSSE
LA FRACTURE by Catherine CORSINI
JULIE (The Worst Person in the World) by Joachim TRIER
HYTTI NRO 6 (Compartment NO.6) by Juho KUOSMANEN
HAUT ET FORT (Casablanca Beats) by Nabil AYOUCH
HA’BERECH (Ahed’s Knee) by Nadav LAPID
DRIVE MY CAR by Ryusuke HAMAGUCHI
BERGMAN ISLAND by Mia HANSEN-LOVE
BENEDETTA by Paul VERHOEVEN
A FELESÉGEM TÖRTÉNETE (The Story of My Wife) by Ildikó ENYEDI

Un Certain Regard
THE INNOCENTS by Eskil Vogt
AFTER YANG by Kogonada
COMMITMENT HASAN by Hasan Semih Kaplanoglu
LAMB by Valdimar JÓHANSSON
NOCHE DE FUEGO by Tatiana Huezo
BONNE MÈRE by Hafsia HERZI
DELO (House arrest) by Alexey GERMAN JR.
BLUE BAYOU by Justin Chon
MONEYBOYS by C.B Yi
FREDA by Gessica Geneus
UN MONDE by Laura WANDEL

Cannes Premiere
EVOLUTION by Kornél MUNDRUCZO
TROMPERIE (Deception) by Arnaud DESPLECHIN
COW by Andrea ARNOLD
CETTE MUSIQUE NE JOUE POUR PERSONNE (Love songs for tough guys) by Samuel BENCHETRIT
MOTHERING SUNDAY by Eva HUSSON
SERRE-MOI FORT (Hold me tight) by Mathieu AMALRIC
IN FRONT OF YOUR FACE by HONG Sang-Soo

Out of Competition
DE SON VIVANT by Emmanuelle BERCOT
EMERGENCY DECLARATION by HAN Jae-Rim
THE VELVET UNDERGROUND by Todd HAYNES
STILLWATER by Tom MCCARTHY
ALINE by Valérie LEMERCIER
BAC NORD by Cédric JIMENEZ

Special Screenings
H6 by Yé Yé
CAHIERS NOIRS (Black notebooks) by Shlomi Elkabetz
O MARINHEIRO DAS MONTANHAS (Mariner of the mountains) by Karim Ainouz
JFK REVISITED: THROUGH THE LOOKING GLASS by Oliver Stone
JANE PAR CHARLOTTE by Charlotte Gainsbourg

Midnight Screenings
ORANGES SANGUINES (Bloody oranges) by Jean-Christophe MEURISSE


Author

थप समाचार
x