कला

विवाहपछि ‘उमा’ बन्दै पर्दामा काजोलको कमब्याक

इकागज |
जेठ २१, २०७८ शुक्रबार १३:११ बजे

मुम्बई :  विवाहपछि अभिनयबाट छोटो ब्रेक लिएकी अभिनेत्री काजल अग्रवालले नयाँ फिल्म साइन गरेकी छिन् । सुजय घोषले निर्माण गर्ने फिल्मको नाम ‘उमा’ रहने काजोल स्वयंले इन्स्टा पोस्टमार्फत जानकारी गराएकी छिन् । 

उनले आफू यो फिल्मका लागि उत्साहित रहेको बताउँदै फिल्मको सेटमा फर्कन आतुर रहेको बताएकी छिन् । विवाहको पृष्ठभूमिमा बन्ने यो फिल्ममा अपरिचित ‘उमा’को आगमनसँगै घटने घटनाक्रमलाई पर्दामा देख्न पाइने बताइएको छ । यो फिल्मलाई तथागत सिंहले निर्देशन गर्नेछन् । 


महामारीपछि फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा अभिनय गर्ने बाँकी कलाकार तथा प्राविधिकको नाम चाँडै सार्वजनिक गरिने समाचारमा बताइएको छ । तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले गत साल विवाह गरेकी थिइन् । त्यसयता उनले साइन गरेको ‘उमा’ पहिलो फिल्म हो । दक्षिण भारतको तुलनामा भने उनले हिन्दी फिल्ममा सोचेझैं सफलता पाएकी छैनन् । उनले अजय देवगनको ‘सिंघम’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । 
 


Author

थप समाचार
x