कला

रोकियो टम क्रुजको ‘मिसन’

इकागज |
जेठ २१, २०७८ शुक्रबार १६:२६ बजे

लन्डन :  सुटिङ सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि लन्डन भइरहेको ‘मिसन इम्पोसिबल ७ ’को सुटिङ १० दिनका लागि रोकिएको छ । टम क्रुज अभिनीत फिल्मको सातौं शृंखलाको सुटिङ केही दिनयता लन्डनमा भइरहेको थियो । निर्माण कम्पनी प्यारामाउन्टका प्रवक्ताले जुन १४ सम्मलाई सुटिङ स्थगित गरिएको जानकारी गराएका छन् । 

उनले नियमित चेकजाँचका लागि सुटिङ ब्रेक गरिएको दाबी गरेका छन् । तर, अन्य समाचारमा भने सुटिङ क्रुका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि टम क्रुज स्वयं आइसोलेसनमा बसेको दाबी गरिएको छ । 


‘मिसन इम्पोसिबल ७ ’ को सुटिङ रोकिएको यो पहिलो पटक होइन । अघिल्लो वर्षको महामारीले सुटिङ रोकिनेमा यो फिल्म उपल्लो सूचीमा थियो । पहिलो पल्टको महामारीको समयमा यो फिल्मको भेनिसमा सुटिङ भइरहेको थियो । 

त्यसयता पनि यो फिल्मको बारम्बार सुटिङ सुरु हुँदै रोकिँदै गरेको छ । बीचको एक समयमा त टम क्रुजले स्वास्थ्य सुरक्षा राम्ररी पालना नगरेको भन्दै एक सहकर्मीलाई गाली गरेको अडियो भाइरल भएको थियो । 


Author

थप समाचार
x