कला

‘विक्की डोनर’ अभिनेत्री यामी गौतमले सुटुक्क गरिन् निर्देशकसँग विवाह

इकागज |
जेठ २१, २०७८ शुक्रबार १८:४६ बजे

मुम्बई  : बलिउड अभिनेत्री यामी गौतमले निर्देशक आदित्य धरसँग विवाह गरेकी छिन् । यामीले इन्स्टामा विवाहको फोटो राख्दै छरितो समारोहमा आफूले आदित्य धरसँग ‘सात फेरा’ लिएको जानकारी गराएकी छिन् । 

निर्देशक आदित्य धर र यामी गौतमको अफेयरको खबर ‘उरी’को सुटिङताका नै चलेको थियो तर दुवैले यो खबरलाई पुष्टि हुने गरी कुनै गतिविधि गरेका थिएनन् । 
आदित्य धरले निर्देशन गरेको ‘उरी’मा यामीले छोटो भूमिका निर्वाह गरेकी थिइन् ।


विक्की कौशलको मुख्य भूमिका रहेको यो फिल्म पाकिस्तानमाथि भारतले गरेको सर्जिकल स्ट्राइकमा आधारित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी छविलाई सहयोग पुग्ने अभिप्रायले बनाइएको यो फिल्मले बक्स अफिसमा आश्चर्यजनक कमाइ गरेको थियो । बक्सअफिसको आँकडाअनुसार यो फिल्मले दुई सय करोडभन्दा ज्यादा कमाइ गरेको थियो । 

‘विक्की डोनर’बाट बलिउड फिल्ममा डेब्यू गरेकी यामीले भने ‘सनम रे’ ‘काबिल’ ‘एक्सन ज्याक्सन’ ‘बाला’ आदि फिल्म गरेकी थिइन् ।  ‘सनम रे’ फिल्मताका भने उनको नाम सोही फिल्मका हिरो पुलकित सम्राटसँग जोडिएको थियो । 


 


Author

थप समाचार
x