कला

मार्भलको हिस्सा बन्न पाउँदा खुशी छिन् एमिलिया

इकागज |
जेठ २२, २०७८ शनिबार १४:३४ बजे

लसएन्जल्स :  एमिलिया क्लार्कलाई ‘गेम अफ थ्रोन’को डेनिर्य तारग्रेको रुपमा करोडाँैले मन पराए । एमिलिया स्वयंले पनि यो फिल्मले आफ्नो जीवन नै परिवर्तन गरिदिएको बताउने गरेकी छिन् । तर, एमिलिया यतिमै चित्त बुझाएर बसेकी छैनन् । नयाँ नयाँ चरित्रमा आफूलाई प्रस्तुत गरिरहेकी छिन् । यही क्रममा मार्भलले बनाएको सिरिज ‘सेक्रेट इन्भ्याजन’लाई लिएर एमिलिया थप उत्साहित छिन् । 

यसअघि डिज्नेमा सानो केमिया गरेको भए पनि सुपरहिरो फिल्मको दुनियाँमा एमिलियाले पहिलो पल्ट मौका पाएकी हुन् । यो फिल्ममा एमिलिया सामुयल एल ज्याक्सन र ओलिभिया कोलसँगै देखिनेछिन् । 


एमिलियाले हालै एक अन्तर्वार्तामा कमिक बुक खुब पढ्ने बताउँदै फ्यान्टसी आफ्नो मन पर्ने विधा भएको बताएकी छिन् । ‘ म फयान्टसी फिक्सन पढ्दै हुर्किएकी हुँ । तर, यसको मजा पढ्नमा भन्दा पनि कल्पनामा गर्न छ,’ उनले फिल्म साइन गर्नुको कारण बताउँदै भनेकी छिन्, ‘ यतिबेला मार्भलले जे गरेको छ त्यो साँच्चिकै मजा छ । यो परिवारको हिस्सा बन्न पाउँदा ‘कुल किड’को भीडमा बस्न पाएको अनुभव हुन्छ । ’ ‘सेक्रेट इन्भ्याजन’ अर्को साल मात्र रिलिज हुँदैछ । तर, फ्यान यो सिरिजका लागि धेरै नै उत्साहित छन् । 


Author

थप समाचार
x