कला

विक्की कौशललाई कट्रिनाको चेतावनी, ‘चुम्बनका दृश्य नगर्नू’

इकागज |
जेठ २३, २०७८ आइतवार १३:४० बजे

मुम्बई :  केही समयदेखि अफेयरमा रहेका कट्रिना कैफ र विक्की कौशलले अहिलेसम्म अफेयरको खबरलाई अफिसियल बनाएका छैनन् । तर, बलिउडमा हल्ला चलेको छ, दुवैले चाँडै नै यसलाई आधिकारिता दिँदैछन् ।

योबीचमा कट्रिना विक्कीप्रति ‘पोजेसिभ’ भएको पनि खबर आएका छन् । बलिउड अनलाइनका गसिप कोलममा आएका समाचार पत्याउने हो भने कट्रिनाले पर्दामा अरु हिरोइनलाई चुम्बन गर्न निषेध गरेकी हुन् । उनले अरु हिरोइनसँग अन्तरंग दृश्य पनि नगर्न चेतावनी दिएकी छिन् । 


यता अफेयरको खबर सार्वजनिक गर्न भने दुवैलाई विक्की कौशलका बुबा श्याम कौशलले रोकेको पनि खबर छ । उनले विक्की करिअरको शिखरमा रहेकाले अफेयरको खबर बाहिर आउँदा यसले उनको करिअरमा नै असर गर्ने भएकाले चुपचाप बस्न पनि सुझाव दिएको खबर छ ।

यति मात्र होइन श्याम, विक्की र कट्रिनाको भविष्यलाई लिएर समेत ढुक्क नभएको खबर छ । समाचारअनुसार कट्रिना विक्कीभन्दा ४ साल जेठी छिन् र यो उमेर अन्तर पनि श्यामलाई जँचेको छैन । 

विक्की र कट्रिनाको अफेयर कहिले र कसरी सुरु भयो ? राम्ररी बाहिर आएको छैन । तर, पछिल्लो समय दुवैले एकसाथ समय बिताउने गरेका थिए । लकडाउनकै समयमा पनि दुवै एकसाथ संक्रमित भएको र एकसाथ निको भएको समाचार आएका थिए । कामको सवालमा भने दुवैले अहिलेसम्म एक साथ काम गरेका छैनन् । 


Author

थप समाचार
x