कला

आईएमडीबीमा भारतीय वेब सिरिज‘स्क्याम’को अर्को रेकर्ड

इकागज |
जेठ २४, २०७८ सोमबार ११:५२ बजे

मुम्बई : गत वर्ष सोनी लिभमा प्रसारण भएको ‘स्क्याम १९९२ ः हर्षद मेहता स्टोरी’ले आइएमडीबीमा अर्को रेकर्ड राखेको छ । हंसल मेहता निर्देशित यो वेब सिरिज आइएमडीबीले विश्वभरबाट छानेका चर्चित सिरिजमध्ये एक मात्र भारतीय सिरिजको रुपमा छनोटमा पर्ने सफल भएको हो ।

आइएमडीबीले विश्वभरबाट १ सय ६३ वटा सिरिज छानेको थियो । यसअघि ‘स्क्याम १९९२ : हर्षद मेहता स्टोरी’ले सबैभन्दा ज्यादा रेटिङ पाउने वेब सिरिजको आईएमडीबीमा रेकर्ड राखेको थियो । यो सिरिजले ९.५ रेटिङ पाएको छ । जबकि विश्व चर्चित ‘ब्रेकिङ ब्याड’ र ‘गेम अफ थ्रोन’ जस्ता सिरिजले क्रमशः ९.४ र ९.३ रेटिङ पाएका छन् । 


आईएमडीबीले सार्वजनिक गरेको लिस्टमा ८० को दशकमा प्रसारण भएका ‘ट्वीन पिक्स’देखि अघिल्लो साल प्रसारण भएका ‘स्क्याम’सम्म छन् ।  मुम्बईमा भएको सेयर बजारको घोटालामा आधारित यो सिरिजमा प्रतीक गान्धीले शीर्ष भूमिका निर्वाह गरेका छन् । प्रसारण भए लगत्तै यो सिरिजले दर्शक तथा समीक्षकको वाहवाही पाएको थियो । 
 


Author

थप समाचार
x