कला

‘फास्ट एन्ड फ्युरियस ९’ पनि कान्सको लाइनअपमा

इकागज |
जेठ २५, २०७८ मंगलबार १२:३३ बजे

लसएन्जल्स : ‘फास्ट एन्ड फ्युरियस ९’ ले पनि फ्रान्सको सबैभन्दा ठूलो फेस्टिभल कान्समा अनुहार देखाउने भएको छ । कान्स फेस्टिभल निर्देशक थियरी फ्रिमाउक्सले आर्ट हाउस फिल्मको बीचमा एक्सन फ्रेन्चाइजको पनि मजा लिन सकिने जानकारी गराएका हुन् । 

एक हप्ताअघि कान्सको लाइनअप सार्वजनिक हुँदा थियरीले केही ब्लकबस्टर फिल्म पनि कान्समा देखाइने बताएका थिए । यस्तो फिल्म कुन होला ? धेरैले ठम्याउन सकेका थिएनन् । अन्ततः उनले ब्लकबस्टर भनेर संकेत गरेको फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ रहेको स्पष्ट भएको छ । 


फिल्म कान्समा प्रिमियर भए पनि को को कलाकार यसको रेड कार्पेटमा देखा पर्नेछन्, कतैबाट जानकारी आएको छैन ।  चीनबाट प्रदर्शन यात्रा थालेको यो फिल्म अहिले चीनमा तेस्रो हप्तामा चलिरहेको छ र यसले २ सय ४ मिलियन डलर कमाइ गरेको बताइएको छ ।  आउँदो हप्ताबाट फिल्म फ्रान्समा प्रदर्शन हुँदैछ ।

मेरिकामा भने यो फिल्म जुन २५ बाट प्रदर्शन हुँदैछ । जस्टिन लिनको निर्देशन रहेको फिल्म भान डिजेल, मिचेल रोड्रिगेज, जोन सिना, कुर्ट रसेल आदि कलाकारको अभिनय रहेको छ । चार्लिज थेरोन फिल्ममा भिलेनको भूमिकामा छिन् । 


Author

थप समाचार
x