कला

काम नभएपछि कर तिर्न नसकेको कंगनाको गुनासो

इकागज |
जेठ २७, २०७८ बिहीबार ११:३४ बजे

मुम्बई :  अभिनेत्री कंगना रनावतले काम नभएका कारण कर तिर्न नसकेको गुनासो गरेकी छिन् । उनले गत वर्षको आधा कर तिर्न बाँकी रहेको बताएकी छिन् । 
ट्वीटरले खाता बन्द गरिदिएपछि कंगना आजभोलि इन्स्टामा सक्रिय छिन् ।

यता पनि उनको शैलीमा कुनै परिवर्तन आएको छैन । उनले लेख्दा लेख्दै आफू सबैभन्दा बढी कर तिर्ने हिरोइन रहेको र कमाइको ४५ प्रतिशत रकम तिर्ने गरेको बताएकी छिन् । 


उनले ढिलो कर तिरेवापत् सरकारले जरिवाना लगाए आफू तिर्न तयार रहेको पनि बताएकी छिन् । कोरोना महामारीले भारतको महाराष्ट्रमा लामो समयसम्म सुटिङ तथा हल बन्द थिए । सरकारले तीन दिन अघि मात्र सुटिङ खुल्ला गरेको छ । सुटिङ सुरु गर्न अनुमति दिए पनि हल नखुलेका कारण फिल्मको चाङ मात्र थपिएको छ ।

गनाका पनि चार फिल्म प्रदर्शनको पालो कुरेर बसेका छन् । कंगनाले दुई वर्षयता ‘थलाइवी’, ‘धाकड’ ‘तेजस’ ‘मणिकर्णिका रिटन्र्स’ आदि फिल्ममा काम गरेकी छिन् । ‘मणिकर्णिका रिटन्र्स’बाहेक बाँकी तीन फिल्मको सुटिङ लगभग सकिइसकेको छ । 
 


Author

थप समाचार
x