कला

२०२० मा दुआ लिपा बनिन् बेलायतमा सबैभन्दा धेरै बज्‍ने कलाकार

इकागज |
जेठ २७, २०७८ बिहीबार १३:४३ बजे

लन्डन :  दुआ लिपा बेलायतमा सबैभन्दा धेरै बज्ने कलाकार घोषित भएकी छिन् । रेडियो तथा टेलिभिजनमा बज्ने गीतको आधारमा दुआले बेलायतमा सन् २०२० मा सबैभन्दा धेरै सुनिने कलाकार बनेकी हुन् । दुआको गत वर्ष ‘फ्युचर नोस्टाल्जिया’ शीर्षकको एब्लम सार्वजनिक भएको थियो । 

दुआले यो उपलब्धि एड सरिनलाई पछि पार्दै हात पारेकी हुन् । सन् २०१७ यता हरेक युकेको चार्टमा एड सरिनले पहिलो स्थान कब्जा गर्दै आएका थिए । 
दुआका ‘फिजिकल’ र ‘डन्ट स्टार्ट नाउ’ वर्षभरी नै युकेको चार्टमा कब्जा जमाएर बसेका थिए । 


टेलिभिजन तथा रेडियोमा बज्ने गीतको रेकर्ड राख्ने पिपिएलका अनुसार चार्टमा एड सरिनले दोस्रो स्थानमा कब्जा जमाएका छन् । तेस्रो र चौथोमा भने क्रमशः एरियाना ग्रान्डे र साम स्मिथ छन् । विश्वभरि नै प्रशस्त फ्यान रहेका जस्टिन विबर भने आठौं स्थानमा छन् । 

दुआको यो एल्बम अघिल्लो वर्षको मार्चमा सार्वजनिक भएको थियो । लगत्तै विश्वभरि नै लकडाउन भएकाले क्वारेन्टाइनको समयमा दर्शक तथा स्रोताले यो गीत धित मर्ने गरी सुनेका थिए । कलाकार तथा दुआले पहिलो स्थान जमाएको भए पनि गीतको मात्रै कुरा गर्दा भने दि विकेन्डको ‘ब्लिन्डिङ लाइट्स’ गत साल सबैभन्दा धेरै बज्ने गीतको रुपमा रेकर्ड भएको थियो ।  
 


Author

थप समाचार
x