कला

‘फेमिलीम्यान २’ मा मनोज बाजपायी र सामान्थाले कति पैसा पाए ?

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:४३ बजे

मुम्बई :  यतिबेला भारतमा अमेजन प्राइममा रिलिज भएको ‘फेमिलीम्यान’को दोस्रो शृंखलाको चर्चा छ । काम र परिवारको दोहोरो जिम्मेवारीमा चेपिएको एउटा पुलिस अफिसरको कथामा बनेको यसको पहिलो भागले पनि चौतर्फी प्रशंसा पाएको थियो ।

तर, दोस्रो भागको चर्चाले पहिलो भागलाई पनि बिर्साएको छ । यसमा योगदान छ, दोस्रो भागमा थपिएकी दक्षिण भारतीय अभिनेत्री सामान्था अक्केनेनीको अभिनयको । तमिल विद्रोहीको रुपमा उनले गरेको अभिनयले सिरिजको वजन बढाएको समीक्षाहरूमा बढाएको छ । 


पहिलो भागको सफलताले डो¥याएर दोस्रो भाग बन्ने भएसँगै सिरिजको हरकुरा बढ्छ । सिरिजको लगानी दोब्बर हुन्छ भने कलाकारले पनि दोस्रो भागमा दोब्बर नै पारिश्रमिक लिन्छन् । यस्तोमा दोस्रो भागमा काम गर्न मनोज बाजपायी र सामान्थाले कति पैसा लिए होलान् ? धेरैको चासो छ ।

बलिउड हंगामाले लेखेको समाचारअनुसार दोस्रो भागका लागि सिरिजका निर्माताले मनोज बाजपायीलाई १० करोड रुपैँया दिएका थिए भने उहीँ सामान्थाले ३–४ करोड लिएकी थिइन् । मनोज बाजपायी र सामान्था दुवैले यही वेब सिरिजमार्फत डेब्यू गरेका हुन् । मनोजले अघिल्लो साल डेब्यू गरेका थिए भने सामान्थाले यो साल । 


Author

थप समाचार
x