जेनिफर र बेनको ‘रियुनियन’लाई जेनिफर गार्नरको ग्रिन सिग्नल
लसएन्जल्स : एलेक्स रोड्रिगेजसँगको इंगेजमेन्ट तोडेर जेनिफर लोपेज पूर्व प्रेमी बेन एफलेकसँग फर्किएको चर्चा अब कुनै नयाँ विषय रहेन । दुई तीन वर्ष एलेक्ससँग इंगेजमेन्ट नै गरेर बसेकी जेनिफरलाई के कुरामा चित्त बुझेन र उनलाई छाडिन् , अनुमानकै विषय रहेको छ ।
तर, उता छुट्नै बित्तिकै बेनसँग जोडिएको कुराले भने धेरैलाई हैरान बनाएको छ । यो एक महिना भित्रमै ‘बेनिफर’ जोडीले लसएन्जल्स र मियामीका धेरै चक्कर लगाइरहेको छ । जेनिफर र बेनको यो मायाप्रीतिलाई बेनकी पूर्व पत्नी जेनिफर गार्नरले पनि हरियो झण्डा देखाएको चर्चा छ ।
उनले बेन अरुतिर बरालिनुभन्दा जेनिफरसँगै बसेको राम्रो भन्ने प्रतिक्रिया दिएको चर्चा छ । बेन र जेनिफर गार्नरका तीन सन्तान छन् जो जेनिफरसँग बस्छन् । सन् २०१८ मा सम्बन्ध बिच्छेद भए पनि दुवैले बच्चाको हेरचाह गर्ने जिम्मेवारी सम्हाल्ने गरेका छन् ।
बेनको केही महिना अघि मात्र ‘नाइभ्स आउट’ अभिनेत्री एना डे आम्र्ससँग ब्रेकअप भएको थियो । त्यसयता खालि रहेका बेन जेनिफरसँग नजिकिएका थिए । दुवैको सन् २००२ मा इंगेजमेन्ट भएको थियो तर दुई वर्षपछि यो इंगेजमेन्ट टुटेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया