कला

‘अवतार’को कस्ट्युम टिमले बनाउनेछ ‘रामायण’का लागि ऋतिक र प्रभासको कपडा

इकागज |
जेठ २८, २०७८ शुक्रबार १६:१२ बजे

मुम्बई :  दुई वर्षअघि रिलिज भएको ‘वार’यता ऋतिक रोशनले कुनै फिल्मको सुटिङ सेट ज्वाइन गरेका छैनन् । धेरै फिल्ममा उनको नाम जोडिने गरेका भए पनि स्वतन्त्र रुपमा पुष्टि भएको छैन ।

तर, ऋतिकले निर्माता मधु मन्टेनाले बनाउन लागेको फिल्म ‘रामायण’ भने खेल्ने सम्झौता गरेका छन् । अहिले यसको प्रिप्रडक्सनको काम धमाधम भइरहेको छ । तर, खबरअनुसार यो फिल्मको कस्ट्युम डिजाइनका लागि निर्माण टिमले हलिउड फिल्म ‘अवतार’को कस्ट्युम टिमलाई जिम्मा दिएको छ । विशेषत यो टिमले ऋतिकले लगाउने लुगा डिजाइन गर्नेछ । 


फ्लोरमा जाने मिति तय नभएको फिल्ममा ऋतिकले रावणको भूमिका निर्वाह गर्ने चर्चा छ । फिल्ममा रामको भूमिका भने प्रभासले निर्वाह गर्नेछन् । सीताको भूमिकाका लागि भने निर्माण टिमले हिरोइनको खोजी गरिरहेको छ । केही दिनअघि करिनाले सीता बन्न १२ करोड भारु मागेपछि निर्माता हच्किएको समाचार आएको थियो ।

निर्माण टिमले दीपिका पादुकोनसँग पनि कुरा गरिरहे पनि कुरा मिलिसकेको खबर आएको छैन । यो फिल्म अघि प्रभासले रामायणमै आधारित ‘आदिपुरुष’को सुटिङ सक्नेछन् । यो फिल्ममा पनि प्रभासले रामकै भूमिका निर्वाह गरिरहेका छन् भने रावणको भूमिका सैफअलि खानले निर्वाह गरिरहेका छन् । 


Author

थप समाचार
x