कला

आजबाट सुरु भयो मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

इकागज |
मंसिर १०, २०७७ बुधबार ११:२० बजे

काठमाडौं: आठौं संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बुधबारबाट सुरु भएको छ । प्रत्येक वर्ष हुँदै आएको  चलचित्र महोत्सव यो साल भर्चुअल हुँदैछ ।  कोभिड–१९ को महामारीका कारण पूर्व निर्धारित मितिमा  हुन नसकेको महोत्सव आजबाट सुरु भएर १५ गतेसम्म चल्नेछ । 


कार्यक्रममा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका आदि विधाका चलचित्र प्रसारण गरिने छ । महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्र प्रसारणका लागि छनोट गरिएको हो । महोत्सवमा चलचित्रहरू चलचित्र टिभी एप मार्फत प्रसारण गरिने छ भने अन्य छलफल, अन्तक्र्रिया तथा बहसहरू जुममार्फत गरिने छ ।



यसका साथै चलचित्रकर्मीसँगको अन्तक्र्रिया, प्यानल डिस्कसन लगायतका कार्यक्रमहरू तय गरिएको छ । महोत्सवमा ‘एसियाली सिनेमामा महिला ः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमामा युवाः हामी के हेर्न चाहान्छौं’ ‘अल्पसंख्यक सिमान्कृत समुदायका सवालः सिनेमाको भूमिका’ आदि विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरूसँग अन्तक्र्रिया तथा छलफल पनि गरिनेछ । 


राष्ट्रिय मानव अधिकार आयोग सह– आयोजक,  चलचित्र विकास बोर्डको प्रवर्धन र युरोपियन युनियन, नेपालका लािग जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ.एम. लगायतको सहकार्य र दजनौं संघसंस्थाको ऐक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ । 


Author

थप समाचार
x