कला

विजयको ‘मास्टर’ २०२१ को सबैभन्दा चर्चित फिल्म

इकागज |
जेठ २९, २०७८ शनिबार १३:५९ बजे

मुम्बई :  ग्लोबल अनलाइन डाटाबेस आईएमडीबीले सन् २०२१ मा भारतमा अहिलेसम्म रिलिज भएका चर्चित फिल्म तथा वेब सिरिजको सूची सार्वजनिक गरेको छ । आईएमडीबीले वर्षको मध्यान्तरसम्म सार्वजनिक भएका १० फिल्म तथा सिरिजको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीमा चर्चाको पहिलो स्थान तमिल फिल्म ‘मास्टर’ले ओगटेको आईएमडीबीले जनाएको छ । तमिलको ठूलो चाड पोंगलको अवसरमा रिलिज भएको यो फिल्मले महामारीको डरका बीच पनि रेकर्ड ब्रेकिङ कमाइ गरेको थियो ।


हलमा रिलिज भएलगत्तै अमेजन प्राइममा आएको फिल्मले यता पनि उत्तिकै दर्शक पाएको थियो । यो फिल्ममा विजय र विजय सेतुपतिको मुख्य भूमिका रहेको थियो । फिल्मकै कुरा गर्दा यो लिस्टमा धुनषको ‘कर्नन’, मोहनलालको ‘दृश्यम् २’, र पवन कल्याणको ‘वकिल साहब’ पनि अटाएका छन् । सिरिजतर्फ भने ‘एसपिरेन्ट्स’, ‘नोभेम्बर स्टोरी’ र ‘महारानी’ आईडीबीको चर्चित भारतीय सिरिजको सूचीमा अटाएका छन् । 

आईएमडीबीले बक्स अफिसको प्रदर्शनभन्दा पनि व्यवसायिक, समीक्षकको धारणा, तथ्यांकगत स्याम्पलिङ, पेज भ्यु आदिका आधारमा यो सूची सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

यो लिस्टमा अटाउने फिल्म तथा सिरिजको नाम यसप्रकार रहेको छ । 
१. मास्टर (फिचर फिल्म, अमेजन प्राइम)
२. एसपिरान्ट्स (सिरिज, टीभीएफ)
३. ह्वाइट टाइगर ( फिचर फिल्म, नेटफ्लिक्स)
४.दृश्यम २ ( फिचर फिल्म, अमेजन प्राइम)
५.नोभेम्बर स्टोरी (सिरिज, डिज्ने प्लस हटस्टार)
६. कर्नन ( फिचर फिल्म, प्राइम भिडियो) 
७. वकिल साहब (फिचर फिल्म, प्राइभ भिडियो) 
८. महारानी (सिरिज, सोनी लिभ)
९.क्र्याक (फिचर फिल्म, अहा)
१०. दि ग्रेट इन्डियन किचेन ( फिचर फिल्म, प्राइम भिडियो) 


Author

थप समाचार
x