कला

विक्कीसँगको अफेयरको खबर चुहाएपछि हर्षवद्र्धनसँग रिसाइन् कट्रिना

इकागज |
जेठ २९, २०७८ शनिबार १७:१३ बजे

मुम्बई :  अनिल कपुरका छोरा हर्षवद्र्धन कपुरले विक्की कौशल र आफ्नो अफेयरको बारेमा बोलेको भन्दै कट्रिना रिसाएकी छिन् । भारतीय वेब पोर्टल कोईमोईले कट्रिनाको नजिकको स्रोतलाई उद्धृत गर्दै अफेयरको खबर पुष्टि गरेको भन्दै हर्षसँग रिसाएको समाचार लेखेको छ । 

‘च्याट सोमा अरुको निजी जिन्दगीको बारेमा कुरा गर्न केही जरुरी थिएन । अझ, कट्रिनाले हर्षलाई राम्ररी चिन्दा पनि चिन्दिनन् । यदि चिन्थिन् भने पनि यस्तो कुरा सार्वजनिक ठाउँमा बोल्नुअघि कट्रिनालाई सोध्नु पथ्र्यो,’ स्रोतलाई उद्धृत गर्दै कोईमोईले लेखेको छ । 


हर्षले तीन चार दिन अघि मात्र एउटा टेलिभिजनको च्याट सोमा ‘क्विकी’ शीर्षकको खेल खेल्दै विक्की कौशल र कट्रिनाको खबर साँचो रहेको खुलासा गरिदिएका थिए । उनले यसो भने वापत आफू अप्ठेरोमा पर्ने शंकासमेत सोही कार्यक्रमका दौरान व्यक्त गरेका थिए । 

हर्षको यो अभिव्यक्तिले गाइँगुइँ रहेको अफेयरको हल्लालाई सत्य सावित गरेको थियो । पापाराजीले बेलाबखत विक्कीलाई कट्रिनाको अपार्टमेन्टतिर जाँदै वा त्यहाँबाट फर्कंदै गरेको तस्बिर सार्वजनिक गरे पनि कट्रिना वा विक्कीसँगै उद्योगकै पनि कसैले यो खबरको पुष्टि गरेका थिएनन् । हर्षले यति भनेसँगै यो खबर भाइरल भएको थियो । 

समाचारअनुसार कट्रिना पूर्व दृष्टान्तलाई ख्याल गर्दै यो पटक विक्कीसँगको अफेयरको खबरलाई सकभर लुकाउने मनसायमा छिन् । रनवीर कपुरसँगको खुल्लम्खुल्ला सम्बन्धले धेरै चोट पुर्याएको महसुस गरी उनले यस्तो निर्णय गरेको बताइएको छ । 
 


Author

थप समाचार
x