कला

हलिउडले छान्यो दशकका उत्कृष्ट २० सिनेमा

इकागज |
मंसिर १०, २०७७ बुधबार १२:५५ बजे

लसएञ्जल्स : फिल्म पत्रिका दि हलिउड रिपोर्टरले दशकका उत्कृष्ट २० सिनेमाको सूची सार्वजनिक गरेको छ । पत्रिकाले सन् २०१० देखि २०२० को बीचमा रिलिज भएका फिल्मबाट उत्कृष्ट २० फिल्मको नाम निकालेको हो । पत्रिकाले ३ हजार ५ सय फिल्मकर्मीबीच गरिएको सर्वेक्षणबाट ती फिल्म छानिएको जानकारी गराएको छ ।

हलिउड रिपोर्टरले फिल्म तथा टेलिभिजन क्षेत्रका विज्ञ तथा समीक्षकलाई अस्करमा मनोनयनमा परेका फिल्मबाट उत्कृष्ट नाम छान्न आग्रह गरेको र उनीहरूले दिएको अंकका आधारमा उत्कृष्ट २० फिल्म छानिएको जनाएको छ । पत्रिकाले ३५ सयभन्दा ज्यादा फिल्मकर्मीले यो सर्वेक्षणमा भाग लिएको पनि जनाएको छ । हलिउड रिपोर्टरले डिसेम्बर अंकमा निकालेको सूची अनुसार दशकको उत्कृष्ट फिल्मको पहिलो स्थान ‘गेट आउट’ले ओगटेको छ ।


सन् २०१७ मा रिलिज भएको ‘हरर कमेडी’ विधाको यो फिल्म अस्करमा ४ विधामा मनोनयनमा परेको थियो जसमध्ये लेखक तथा निर्देशक जोर्डन पिलले लेखन विधाबाट अस्कर जितेका थिए । हलिउडले गरेको सर्वेक्षणमा दसकको उत्कृष्ट फिल्मको सूचीमा ‘ १२ इयर्स स्लेभ’ दोस्रो नम्बरमा अटाएको छ । अस्करमा ९ विधाको मनोनयनमा परेको फिल्मले ३ विधामा अवार्ड जितेको थियो । फिल्ममा अमेरिकामा विद्यमान दास प्रथाले प्रताडित एक पात्रको कथा समेटिएको छ । यो फिल्म सन् २०१३ मा रिलिज भएको थियो । 

सूचीको तेस्रो स्थान पनि कालाजातिका कलाकारको बाहुल्य रहेको ‘ब्ल्याक प्यान्थर’ले ओगटेको छ । दुई वर्ष अघि रिलिज भएको फिल्मलाई मार्भलले बनाएका सुपरहिरो फिल्मध्ये उत्कृष्ट मानिएको थियो । फिल्ममा मुख्य भूमिका निभाएका चाडविक बोसेमनको गत महिना मात्र कोभिड-१९ का कारण निधन भएको थियो ।

दि हलिउड रिपोर्टरले निकालेको उत्कृष्ट २० फिल्मको सूची यस प्रकार रहेको छ । 
१ गेट आउट (२०१७)
२ १२ इयर्स स्लेभ (२०१३)
३ ब्ल्याक प्यान्थर (२०१८)
४ इन्सेप्सन (२०१०) 
५ एभेन्जर्स ः इन्डगेम (२०१९)
६ ला ला ल्यान्ड (२०१६)
७ अ स्टार इज बर्न (२०१८)
८ ह्यारी पोर्टर भाग १ (२०१०)
९ आर्गो ( २०१२)
१० ब्राइडमेडस् (२०११) 
११ बर्डमेन (२०१४)
१२ सोसल नेटवर्क (२०१०)
१३ म्याड म्याक्स : फ्युरी रोड (२०१५)
१४ हिडन फिगर्स (२०१६)
१५ बोहेमियन र्यापसोडी (२०१८)
१६ हंगर गेम्स (२०१२)
१७ वन्डर वुमन (२०१७)
१८ वन्स अपन अ टाइम इन हलिउड (२०१९)
१९ कल मी बाई योर नेम ( २०१७)
२० दि किंग्स स्पिच (२०१०) 
 


Author

थप समाचार
x