कला

सुशान्तसिंह राजपुतले छाडेका थिए ‘कबिर सिंह’देखि ‘अन्धाधुन’सम्म

इकागज |
जेठ ३०, २०७८ आइतबार ११:१ बजे

मुम्बई :  सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु भएको १ वर्ष पुग्न लागेको छ । उनको मृत्य हत्या हो कि आत्महत्या हो अझै पनि टुंगो लागेको छैन । सिबीआईले अनुसन्धान गरिरहेको छ । गतिला ब्यानरले नपत्याएको र कुरा भएका कति फिल्मबाट निकालिनु परेको भन्दै उनले गुनासो गर्ने गरेको कुरा पनि मृत्युपछि सतहमा आएका थिए । उनलाई सञ्जयलीला भन्सालीले समेत निकालेको भनेपछि गत साल भन्सालीसमेत बयानका लागि प्रहरी चौकी पुगेका थिए । तर, उनले अफर पाएका केही यस्ता छाडेका थिए जुन फिल्म गर्नाले अरु हिरोको धरमराउँदो करिअर तङ्ग्रिएको थियो । उनले नाइँ भनेका केही फिल्म जुन पछि महत्वपूर्ण सावित भए । 

१. कबिर सिंह 
शाहिद कपुरले जीवनकालमा थुप्रै हिट फिल्म दिएका थिए तर ‘ कबिर सिंह ’ले उनलाई जे दियो त्यो अरु फिल्मले दिन सकेनन् । तेलगु फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक यो फिल्म शाहिदले गर्नुभन्दा अघि सुशान्तलाई अफर गरिएको थियो । तर, आफ्नै बलबुतामा करिअर चम्काउन अघि बढेका उनले यो फिल्म रिजेक्ट गरेका थिए । भनिन्छ यो फिल्मलाई अर्जुन कपुरले पनि रिजेक्ट गरेका थिए । पछि दुवैले नाइँ भनेपछि यो फिल्म शाहिदको पोल्टामा परेको थियो । 
२. बेफिक्रे 
सुशान्त सिंह राजपुतको दोस्रो फिल्म ‘शुद्ध देसी रोमान्स’ यशराज फिल्मस्ले बनाएको थियो । यो फिल्ममा रहेका सुशान्त र वाणी कपुरलाई लिएर नै आदित्य चोपडाले ‘बेफिक्रे’ बनाउन चाहेका थिए । तर, सुशान्तले यो फिल्म गर्न चाहेनन् । अन्ततः यो फिल्म रनवीर सिंहको पोल्टामा परेको थियो । भलै यो फिल्मले तारिफ पाएन तर यो भारतको सबैभन्दा ठूलो ब्यानरको फिल्म थियो ।  
३.हाफ गर्लफ्रेन्ड
 ‘राबता’मा सुशान्त र कृति सेननको केमेस्ट्री देखेर निर्देशक मोहित सुरीले चेतन भगतको उपन्यासमा आधारित ‘हाफ गर्लफ्रेन्ड’मा पनि यो जोडी दोहो¥याउन लागेका थिए । तर, यो फिल्म पनि सुशान्तले अस्वीकार गरेका थिए । अन्तिममा यो फिल्म अर्जुन कपुर र श्रद्धा कपुरको खातामा गएको थियो । औसत हिट मानिएको यो फिल्मको गीत संगीत कर्णप्रिय मानिएको थियो । 
४. अन्धाधुन
आयुष्मान खुरानाका बितेका तीन चार साल फिल्मका मामलामा स्वर्णिम रहे । यो बीचमा उनले कल्पना पनि गर्न नसकिने भूमिकालाई जीवन्त बनाए । यही शृंखलाको एउटा सफल फिल्म थियो ‘अन्धाधुन’ । संगीतमा नाम कमाउने चाहाने युवक अपराधको दुनियाँमा फस्ने कथा प्रस्तुत गर्ने यो फिल्मले आयुष्मानलाई भर्सटाइल अभिनेताको रुपमा स्थापित गर्यो । तर, दुःखको कुरा यो फिल्म पनि पहिले सुशान्तलाई अफर गरिएको थियो । निर्देशक श्रीराम राघवन र सुशान्तबीच के कुरा मिलेन ? बाहिर आएन तर यो फिल्मले आयुष्मानलाई नयाँ उचाइमा पुर्याएको थियो । 
५ रोमियो अकबर वाल्टर 
सुशान्त सिंह राजपुतले छाडेको अर्को ठूलो फिल्म यो पनि थियो । कारण थाहा भएन तर यो फिल्म पनि पहिला सुशान्तलाई अफर गरिएको थियो । उनले अस्वीकार गरे पछि यो फिल्म जोन अब्राहमले गरेका थिए ।  



 


Author

थप समाचार
x