कला

अक्षयकुमारको ‘बेलबटम’ बन्यो दोस्रो वेभपछि प्रदर्शन मिति घोषणा गर्ने पहिलो फिल्म

इकागज |
असार १, २०७८ मंगलबार १२:४७ बजे

मुम्बई :  अक्षयकुमार महामारीको दोस्रो वेभपछि फिल्म रिलिज गर्न अगाडि सर्ने पहिलो अभिनेता बनेका छन् । उनको अभिनय रहेको फिल्म ‘बेलबटम’को प्रदर्शन मिति घोषणा गर्दै उनले फिल्म हलमै रिलिज हुने जानकारी पनि गराएका छन् ।

बनेर पनि तयार भएका धेरै फिल्म बेलामा हलमा प्रदर्शन हुन नपाएपछि निर्माताले ओटीटी रिलिजको बाटो समात्दा अक्षयकुमारको यो फिल्म पनि ओटीटीमै रिलिज हुने सूचीको रुपमा चर्चा गर्ने गरिएको थियो । अक्षयकुमारले सामाजिक सञ्जालमा प्रदर्शन मितिको सानो क्लिप्ससहित जुलाई २७ को मिति घोषणा गरेका हुन् । 



अघिल्लो लकडाउनको समयमा लन्डनमा खिचिएको फिल्ममा अक्षयकुमारसँगै लारा दत्ता, वाणी कपुर र हुमा कुरेसीको अभिनय रहेको छ ।  केही दिनअघि महामारीका कारण अक्षयकुमारले आफूले लिन बाँकी रहेको पारिश्रमिकबाट ३० करोड कम गरिदिएको समाचार आएको थियो । अक्षयकुमारले सो समाचार सत्य नभएको बताएका छन् ।

सो समाचारमा ‘बेल बटम’का लागि १ सय १७ करोड लिइरहेका अक्षयकुमार निर्माता वासु भगनानीको अनुरोधमा ३० करोड कम गर्न तयार भएको दाबी गरिएको थियो । अक्षयले समाचारमा सत्यता नभएको बताएका थिए । 


Author

थप समाचार
x