कला

सामान्थाले तत्काल ओटीटीका लागि काम नगर्ने

इकागज |
असार ३, २०७८ बिहीबार ११:४६ बजे

मुम्बई :  ‘फेमिली म्यान २’बाट मनोज बाजपाई जत्तिकै सामान्था अक्केनेनीले पनि चर्चा पाइन् । तमिल विद्रोहीको रुपमा उनको अभिनयले धेरैलाई चकित तुल्याएको प्रतिक्रिया आएका छन् । यो सिरिजको सफलतासँगै सामान्थाले अर्को सिरिजमा काम गर्न लागेको खबर आएका थिए ।

सामान्था निकट स्रोतले त्यो खबरमा कुनै सत्यता नभएको बताएको छ । उनी निकट स्रोतले सामान्था तत्काल सिरिजभन्दा पनि फिल्ममा नै केन्द्रित हुन चाहेको बताएको छ । 


ट्रेलर रिलिज भएसँगै उनको चरित्र चित्रणलाई लिएर आलोचना भएको थियो । सिरिजको प्रसारणमा रोक लगाउनु पर्ने आवाज पनि उठेका थिए । त्यसयता भने सामान्था मिडियामा देखा परेकी छैनन् । 

सामान्थाका अनुसार उनले यो सिरिज निर्देशक राज एन्ड डिकेको कारण गरेकी थिइन् । निर्देशकद्धयले सामान्थालाई कन्भिन्स गरेपछि उनी यो सिरिजको हिस्सा बन्न तयार भएकी थिइन् । अर्को कारण चाहिँ सामान्थालाई लामो समयदेखि नकारात्मक भूमिका निर्वाह गर्न मन थियो ।

सिरिजमा ठ्याक्कै त्यस्तै भूमिका रहेकाले सामान्था यो फिल्म गर्न राजी भएकी थिइन् । यो सिरिजको चर्चासँगै सामान्थालाई हिन्दी फिल्ममा लिन चाहाने निर्माताको संख्या पनि बढेको छ । तर, सामान्थाले भाषाका कारण अझै यी अफर स्वीकार्ने हिम्मत भने गर्न सकेकी छैनन् । 
 


Author

थप समाचार
x