कला

डा‍. प्रकाशचन्द्र लोहनीको कविता

डा‍.प्रकाशचन्द्र लोहनी |
असार ३, २०७८ बिहीबार १३:५२ बजे

मेच नछोड्नुस्

चाँडो गर्नुस्


यो आसन सधैँ खाली रहँदैन

अरु पनि बस्न सक्छन्

एक पटक बस्नुस्

बसेपछि नछोड्नुस्

जनता र देशलाई बिर्सनुस्

मेच भाँचिए भाँचिन दिनुस्

आदर्श च्यातिए च्यातिन दिनुस्

प्यान्ट च्यातिएर भ्वाङ्ग परे

ग्लू लगाएर बस्नुस्

धक्का दिए

मेचसहित लड्नुस्

सिंहदरबारबाट खेदे

मेचसहित निस्कनुस्

दक्षिण या उत्तर

कता जाने ?

के फरक पर्छ र !

जता सत्ताको फाइदा

त्यतै जानुस्

आशीर्वादको लागि कुद्नुस्

तर मेच अब नछाड्नुस्


Author

थप समाचार
x