कला

‘आरआरआर’मा आलियाले पाइन् अहिलेसम्मकै बढी पैसा

इकागज |
असार ४, २०७८ शुक्रबार १३:२ बजे

मुम्बई : महामारी भिलेन नबन्दो हो त यति बेला ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’को ट्रेलर सार्वजनिक हुन्थ्यो । दर्शक फिल्म हेर्ने/ नहेर्ने योजना बनाउन व्यस्त हुन्थे । तर, महामारीले यो फिल्मको सुटिङमा अवरोध गरेपछि अब यो फिल्म कहिले रिलिज हुने टुंगो छैन । नत्र यो फिल्म अक्टोबर १३ मा रिलिज हुनेवाला थियो । 

तर, फिल्म रिलिज नभए पनि यो फिल्मका केही न केही समाचार आइरहेका छन् । ताजा बाहिरिएको जानकारीअनुसार यो फिल्मका लागि आलिया भट्टले अहिलेसम्मकै बढी पारिश्रमिक लिएकी छिन् । उनले लिएको यो रकम समाचार दक्षिण भारतका कुनै पनि हिरोइनले लिने पारिश्रमिकभन्दा दोब्बर बढी रहेको बताइएको छ । 


मिडिया रिपोर्टका मुताबिक यो फिल्मका लागि आलियाले ६ करोड रुपैंया लिएकी थिइन् जुन उनले लिएमध्ये सबैभन्दा धेरै पारिश्रमिक हो । यो फिल्ममा रामचरण र एनटीआरबाहेक अजय देवगन पनि मुख्य भूमिकामा देखिनेछन् । मुख्य रुपमा तेलगुमा बनेको यो फिल्म हिन्दी र तमिल भाषामा पनि एक साथ रिलिज हुनेछ ।

यसको केही भाग सुटिङ गर्न बाँकी रहे पनि आलियाले भने केही प्याचवर्कबाहेक सुटिङ सकाएको जानकारी छ । यता हिन्दीतर्फ भने आलिया शाहरुख खानको प्रडक्सनमा बन्न लागेको फिल्म ‘डार्लिङ्स’को सुटिङको तयारी गरिरहेकी छिन् । 


Author

थप समाचार
x