कला

शताब्दी पुरूष जाेशीको स्वास्थ्यमा सुधार, १० दिनपछि घर फर्किए

इकागज |
असार ४, २०७८ शुक्रबार १८:३६ बजे

ललितपुर : मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशी शुक्रबार दिउँसाे डिस्चार्ज भएका छन् । १०२ वर्षिय जाेशी सामान्य हिँडडुल गर्न थालेपछि घरै पठाइएको किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जनाएका छन् । 

श्वासप्रश्वासको समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि जेठ २६ गते जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । छातीरोग विशेषज्ञ प्रा.डा. मिलेशजङ्ग सिजापतीका अनुसार एक हप्तापछि जोशीको स्वास्थ्य अवस्थाको अस्पतालबाट जानकारी लिइने छ ।


जोशी र उनकी पत्‍नी राधादेवी जोशीले मरणोपरान्त शरीर किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि दिने घाेषणा गरिसकेका छन् । 


Author

थप समाचार
x