कला

'नेपालमा रेल कहिले आउला' बोलको गीत सार्वजनिक [भिडियोसहित]

इकागज |
असार १, २०८१ शनिबार १६:५८ बजे

काठमाडौँ-  ‘नेपालमा रेल कहिले आउला’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ ।

गीत रविन लामिछाने र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको उक्त गीत गायक रविनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक लामिछानेकै शब्द र संगीत रहेको छ भने संगीत संयोजन कृष्ण केसीले गरेका छन् ।


एचविएन किस्मतले मिक्सिङ गरेको गीत वान डिवी एचडी नेक्स्ट लेभल स्टुडियोमा रेकर्ड गरिएको हो । स्मृति तिमल्सिना ‘गुरुआमा’ ले छायांकन र निर्देशन गरेको गीतको भिडियोमा सुजन परियार, अर्जुन सापकोटा, अञ्जली अधिकारी र निहारिका थापाले नृत्य गरेका छन् ।

नविन घर्ती मगरले सम्पादन गरेको गीत एडभेन्चर इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै १० वर्षअघि नेपालमा रेल आउने बताएका थिए । तर, आजसम्म पनि रेल आउन सकेको छैन । गायक लामिछानेले उक्त कुरालाई शब्दमार्फत व्यंग्य गरेका हुन् । 

भिडियो:

 

र, यो पनि

 

 

 

 

 


Author

थप समाचार
x