कला

‘मैसाब’ फकाउँदै सत्य–स्वरुप

इकागज |
मंसिर ११, २०७७ बिहिवार १७:२० बजे

गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली  गीतको भिडियो सार्वजनिक भएको छ ।  राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरूले भरिपूर्ण गीत कविराज गहतराजले निर्देशन गरेका हुन् । उनले भिडियो पनि  दरबारिया शैलीमा निर्माण गरेका छन् ।

बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । त्यसै गरी राजकुमारीको भूमिकामा सिक्किमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतिलाई दरबारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इन्डोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।


भिडियोमा गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् ।  गीतमा अमृत खतिवडा (भाञ्जा भाइ)को शब्द तथा सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्किम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिस फागोको रहेको छ । गीतको छायांकन सुदीप बरालले गरेका हुन् ।  आचार्य दाजुभाइले म्युजिक भिडियो करियरकै उत्कृष्ट भएको दाबी गरेका छन् । 

 हेर्नुस् भिडियो 


Author

थप समाचार
x