कला

'पुष्पा २' को नयाँ रिलिज मिति सार्वजनिक

इकागज |
असार ४, २०८१ मंगलबार १४:५९ बजे

काठमाडौँ- बलिउडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो । फिल्मको निर्माण पक्षले यसअघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएको हो ।

निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ ।


फिल्मको गीत र टिजरले नै अहिले दर्शकमाझ कौतुहलता देखाएको छ । भर्खरै रिलिज भएको फिल्मको 'पुष्पा पुष्प' र 'अंगारों' गरी दुई गीत युट्युबमा हिट भएका छन् ।

रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्‍याएको रिपोर्टमा बताइएको छ । 

एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्वजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर, अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपैयाँसम्म कमाउन सक्ने बताइएको छ ।

यसरी हेर्दा रिलिज मिति परिवर्तनका कारण फिल्मले करिब ३० करोड घाटा बेहोर्नु पर्नेछ । यदि फिल्म १५ अगस्टमा रिलिज भएको भए ४ दिनको लामो साताको विन्डो पाउने थियो ।

चलचित्र 'पुष्प २' लाई सुकुमारले निर्देशन गर्दैछन् । पहिलो भाग पनि उनले निर्देशन गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनिरहेको छ । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहाद फासिल देखिनेछन् ।

यसअघि २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । सबै संस्करणहरूसहित यो फिल्मले भारतमा ३१३  करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरेको थियो । 


Author

थप समाचार
x