कला

तमन्नालाई फापेन ओटीटी

इकागज |
असार ६, २०७८ आइतबार १२:४७ बजे

मुम्बई :  ‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियाको खातामा थुप्रै हिट फिल्मको नाम छ । बलिउडमा उनले सोचेझैं सफलता पाएकी छैनन् तर दक्षिण भारतका फिल्म उद्योगमा उनले एकसेएक हिट फिल्म दिएकी छिन् । तर, यही सफलता उनले ओटीटीमा भने दोहो¥याउन सकेकी छैनन् । 

बक्स अफिसझैं ओटीटी पनि कलाकारका लागि प्रतिष्ठाको विषय बनेको छ । यहाँ कसले कुन फिल्म वा सिरिज कति हेर्यो भन्ने तथ्यांकको विवरण आउन्न तर ओटीटीमा रिलिज भएका फिल्मको चर्चा र रिभ्यूले यो कति चल्यो वा चलेन भन्ने मोटामोटी आँकडा आउँछ । 


यस हिसाबले हेर्दा तमन्नाको ओटीटी डेब्यू भने फ्लपको कोटीमा राखिएको छ । केही समयको अन्तरालमा तमन्ना अभिनीत दुई वेब सिरिज रिलिज भए । एउटा दक्षिणतिरकै ओटीटी ‘आह’मा रिलिज भयो, ‘इलेभेन्थ आवर’ । क्राइम थ्रिलर विधाको यो सिरिजमा तमन्ना स्वच्छ उर्जाको कम्पनी चलाउने मालिकको भूमिकामा छिन् जसको कम्पनी डुब्ने संघारमा छ । 

अर्को भर्खरै रिलिज भयो, ‘नोभेम्बर स्टोरी’ जुन डिज्ने हटस्टारमा रिलिज भएको छ । तर, दुवै सिरिज चलनचल्तीको भाषामा भन्दा फ्लप भएका छन् । न हेर्ने दर्शक न गतिलो रिभ्यू । 


Author

थप समाचार
x