कला

‘मिस ग्राण्ड नेपाल-२०२४’ को आवेदन खुला

इकागज |
असार ९, २०८१ आइतबार २१:१३ बजे

काठमाडौँ- ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरूको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ ।


कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल-२०२४’मा सहभागी हुन पाउनेछन् । 'यस वर्ष  ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल-२०२४ घोषणा गरिएको छ,' उनले भने, 'प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।' त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल-२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ । 

कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ । उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’ को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार हुन् ।


Author

थप समाचार
x