कला

अभिनेत्री राशी खन्नाको अनुभव

दक्षिण भारतका फिल्ममा पहिला राम्री भए मात्र पुग्थ्यो तर आजभोलि अभिनय पनि गर्नुपर्छ

इकागज |
असार ६, २०७८ आइतबार १५:५० बजे

मुम्बई :  राशि खन्नाले जोन अब्राहमको फिल्म ‘मद्रास क्याफे’बाट अभिनय सुरु गरेकी थिइन् । बलिउड फिल्मबाट डेब्यू गरे पनि अहिले राशीको गन्तव्य दक्षिण भारतको फिल्म उद्योग बन्यो । राशि आजभोलि तमिल र तेलगु फिल्ममा सरोबरी देखिन्छिन् ।

तर, यो दुवै उद्योगको समान विशेषतामध्ये एउटा विशेषता हो , हिरो केन्द्रित फिल्म बन्नु । यताका फिल्ममा हिरोइनको काम हुन्छ फाइटको बीचमा हिरोसँग रोमान्स गर्नु र गीत गाउनु । 


तर, राशी पछिल्लो समय भने यहाँ हिरोइनले पनि आफ्नो बलियो उपस्थिति जनाउन लागेको बताएकी छिन् । उनले अनुष्का सेठ्ठी , सामान्था अक्केनेनी जस्ता हिरोइनका कारण हिरोइनको भूमिका पनि बलियो हुन थालेकी टिप्पणी गरेकी छिन् । 

‘यदि तपाईं तेलगु फिल्म उद्योगमा लामो समय रहने हो भने तपाईं अनुष्का र सामान्था जस्तै राम्रो काम गर्नुपर्छ । यी दुई अभिनेत्रीका कारण दक्षिणभारतको  उद्योगमा हिरोइनले हेर्ने नजरमा परिवर्तन आएको छ,’ उनले आइएएनएससँगको कुराकानीमा भनेकी छिन्, ‘ पहिलो तपाईं चिटिक्क देखिँदा वा गीतहरूमा मज्जाले नाच्दा मात्र हुन्थ्यो । अहिले अभिनय पनि गर्नुपर्छ ।’  राशीले अहिले हिन्दी र अन्य भाषाका फिल्मबीचको दूरी मेटिँदै गएका कारण पनि कलाकारलाई आर्थिक र अन्य हिसाबले पनि फाइदा हुने गरेको बताएकी छिन् । 
 


Author

थप समाचार
x