कला

कमेडी च्याम्पियन सिजन-३ को विजेता बने सुनिल खड्का

इकागज |
असार १५, २०८१ शनिबार २१:० बजे

काठमाडौँ- सुनिल खड्का कमेडी च्याम्पियन सिजन-३ को विजेता बनेका छन् ।

शनिबार भएको ग्रान्ड फिनालेमा खड्का विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन् ।


काठमाडौँका सुनिल खड्का, नवलपरासीकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले टप तीनमा पुगेका थिए ।

विजेता बनेसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।


Author

थप समाचार
x