कला

फेरि विवादमा अभिनेत्री ज्याक्लिन

इकागज |
असार २६, २०८१ बुधबार १३:३३ बजे

काठमाडौँ- बलिउड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरि विवादमा परेकी छन् ।

ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले फेरि बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।


ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ ।

ज्याक्लिन पुर्वप्रेमी समेत रहेको बताइने सुकेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।


Author

थप समाचार
x