कला

लिलाको ‘चक्रवर्ती सम्राट’ बजारमा

इकागज |
असार ८, २०७८ मंगलबार १२:५४ बजे

काठमाडौं : लेखक तथा उत्प्रेरक लिलाराज खतिवडाले लेखेका प्रेरक कथाहरूको संग्रह ‘चक्रवर्ती सम्राट’ सार्वजनिक भएको छ । सबैखाले उमेर समूहका पाठकलाई प्रेरणा दिने कथाहरू संग्रहित पुस्तकमा दुई दर्जन रोचक सामाग्री पढ्न पाइनेछ । 

आम सञ्चार र राजनीति शास्त्रमा स्नातक खतिवडाले यसअघि ‘म को हुँ’ शीर्षकको प्रायोगिक उपन्यास सार्वजनिक गरेका छन् । प्रेरक कथाको संग्रह भनिएको यो पुस्तकलाई लाइफ रिसर्च एण्ड पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।


कथाले सुतिरहेको हाम्रो चेतनालाई लगाउने अपेक्षा प्रकाशकको रहेको छ । ‘ यी कथाहरुले सुतिरहेको चेतनालाई तत्काल जगाउँछन् । यी रगत उमाल्ने कथा हुन् । अवषादलाई अभूतपूर्व उर्जामा रुपान्तरण गर्न यी कथाले जोसुकैलाई मद्दत गर्छन्,’ प्रकाशकीयमा भनिएको छ । चक्रवर्ती सम्राट उनको दोस्रो कृति हो । उनले ‘नयाँ शासक’ शीर्षकको कथा संग्रह पनि प्रकाशोन्मुख रहेको बताएका छन् । 
 


Author

थप समाचार
x