तीजका नाममा विकृतिजन्य गीतप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण
'मौलिक सिर्जनामाथि बलात्कारको रूप लियो'
काठमाडौँ- नेपालले तीजका नाममा विकृतिजन्य गीतहरू सिर्जना गरेर बजारमा ल्याउने कलाकारहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरूले नेपालको धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रमाथि क्षति पुग्ने जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, 'तीज आफैँमा मौलिक पर्व हो । धार्मिक सांस्कृतिक मूल्य र मान्यतासँग जोडिएको यस पर्वको गीत संगीत महत्वपूर्ण विशेषता हो । यस पर्वको अवसरमा मौलिक गीतहरू सार्वजनिक हुनुपर्ने हो । तर, पछिल्लो समयमा सार्वजनिक भएका दर्जनभन्दा बढी गीतहरूले तीजको मौलिक परम्परामाथि प्रहार भएको महसुस भएको छ ।'
संस्था राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको केन्द्रीय बैठकले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।
बैठकले नेपालीहरूको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएको प्रति ती गीतहरूलाई प्रतिबन्ध लगाएको सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले बताए ।
सञ्चारकर्मी नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्युजिक भिडियो कलाकार संघ नेपाललाई बोदार्थ दिएर सम्पूर्ण सञ्चारकर्मीहरूलाई विकृति ल्याउने गीतहरूलाई प्रचार प्रसार नगरिदिनु अनुरोध समेत गरेको छ ।
जारी विज्ञप्तिमा यस्ता विकृतिजन्य गीतहरू सिर्जना गर्ने पाँच जना कलाकारहरूको नाम र गीतको बोलसमेत उल्लेख गरिएको छ । साथै, अध्यक्ष गौतमले यस्ता गीतहरूले सिंगो राज्यको मानमर्दन गिर्नुका साथै र मौलिक सिर्जनामाथि बलात्कारको रूप लिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया