युएईमा 'नेपाल आइडल विथ स्टेन्डअप कमेडी' हुँदै
काठमाडौँ- नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आइडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।
आगामी अगष्ट ३ र ४ तारिखमा युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फष्ट रनर अप सलोनी गुरुङ, सेकेन्ड रनर अप सचिन विश्वकर्मासहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आइडल सिजन ५ का विजेता र उपविजेताहरूको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको हो । नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिए ।
गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन् । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोइरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।
आगामी शनिबार (अगष्ट ३ तारिख) अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा इभेन्ट्सले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट, गृन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् ।
त्यसैगरी आइतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई , ग्लोबल एनआरएनए , नेपाल आदिवासी जनजाति महासंघ, नेपाली समाज, तनहुँ समाज, कास्कीलगायत २८ बढी सङ्घसंस्थाको सहयोग रहेको आयोजक ईनास युएईका अध्यक्ष एमडी बोहराले र द अरनिको इन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुने कलाकारहरूको टोली शुक्रबार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया