पर्दामा पहिलोपल्ट देखिँदै कार्तिक र श्रद्धाको जोडी
मुम्बई : करण जौहरको फिल्मबाट निकालिए पछि कार्तिक आर्यन पछिल्लो समय चर्चामा छन् । अझ शाहरुख खानको प्रडक्सनको रेड चिल्लीले बनाउन लागेको फिल्मबाट पनि कार्तिक आर्यन निस्किएपछि त कतिले उनको करिअर नै संकटमा पर्न थालेको अनुमान गरेका थिए ।
तर, संघर्ष गर्दै स्टार बनेका कार्तिक यति चाँडै उद्योगबाट हटिहाल्ने परिदृश्यमा भने छैनन् । एकातिरबाट निकालिए अर्कोतिर काम पाइरहेका छन् । केही दिन अघि मात्र साजिद नाडियावालाले बनाउन लागेको ‘सत्यनारायण कि कथा’मा कार्तिक आर्यन मुख्य कलाकारको रुपमा घोषणा गरिएको थियो ।
यो फिल्ममा निर्देशक र कार्तिक आर्यन तय भए पनि कार्तिकसँग रोमान्स गर्ने हिरोइनको नाम सार्वजनिक भएको थिएन । तर, बलिउड हंगामाले निर्माता साजिदले फिल्मका लागि श्रद्धा कपुर फाइनल गरेको जनाएको छ । श्रद्धा साजिदको प्रडक्सनको नियमित हिरोइन हुन् ।
उनले यो प्रडक्सनको ‘बागी’मा काम गर्दै आएकी छिन् । बाहिरिएको खबर सत्य हो भने पर्दामा दर्शकले पहिलो पल्ट कार्तिक र श्रद्धाको जोडी देख्न पाउनेछन् । यसअघि दुवैलाई निर्माता दिनेश विजनले ‘किरक पार्टी’का लागि अनुबन्ध गर्न खोजेका थिए । तर, केही कारण कुरा मिलेको थिएन ।
शाहिद कपुर र श्रद्धा कपुरको ‘बत्ति गुल मिटर चालु’मा पनि कार्तिकलाई दिब्यन्दुले गरेको रोल अफर गरिएको थियो जुन कार्तिकले नकारेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया