कला

मार्भल सिरिजबाट बिदा हुँदै स्कारलेट जोन्सन

इकागज |
असार ११, २०७८ शुक्रबार १३:४५ बजे

लसएन्जल्स :  मार्भलका फ्यानले यसका सदस्यले घरको परिवारझैं स्नेह गर्छन् । फिल्ममै सही उनीहरूको मृत्युमा चित्त दुखाउँछन् । मार्भलको पछिल्लो फिल्म ‘एभेन्जर एन्डगेम’ मा स्कारलेट जोन्सनको मृत्यु हुँदा फ्यान रिसाएका थिए ।

तर, त्योभन्दा पनि स्कारलेटले नतासा रोमानोफको रुपमा सन् २०१० को ‘आइरन म्यान २’ बाट डेब्यू गरेयता नै फ्यानले नतासाको चरित्रमा मात्र बेग्लै फिल्मको माग गरेका थिए । नभन्दै १० वर्षपछि मार्भलले ‘ब्ल्याक विडो’ बनाएर फ्यानको माग सम्बोधन गर्यो । अब यो फिल्म अर्को महिना विश्वव्यापी रुपमा रिलिज हुने तरखरमा छ । तर, दुःखको कुरा मार्भलको परिवारबाट स्टारलेट जोन्सनले बिदा माग्ने संकेत गरेकी छिन् । 


‘कुनै पनि कुरा ओराला लागेको बेला छाड्नुभन्दा जल्दोबल्दो भएको बेला छाड्नुमा मज्जा हुन्छ । अहिले ब्ल्याक विडो पनि बलेको बेला छ र मलाई यो देख्दा एकदमै खुशी लाग्छ,’ उनले भनेकी छिन्, ‘ १० वर्षसम्म यहाँ रहेर जे जस्तो काम भयो म त्यसमा खुशी छु र तपाईंलाई पनि थाहा छ, यस्तोमा बिदाइ भन्न कति गाह्रो हुन्छ । तर, यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने उसलाई स्वतन्त्र छाड्नु पर्छ । स्कारलेट जोन्सनको मुख्य भूमिका रहेको ‘ब्ल्याक विडो’ जुलाई ९ मा रिलिज हुँदैछ । 


Author

थप समाचार
x