‘ड्रिम्स’ अभिनेत्री सन्ध्या केसीले गरिन् आभूषणसँग विवाह
काठमाडौं : अभिनेत्री तथा भिजे सन्ध्या केसीले विवाह गरेको जानकारी गराएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा हुनेवाला दुलाहाको फोटो राख्दै सन्ध्याले विवाह गरेको जानकारी गराएकी हुन् । सन्ध्याले इंगेजमेन्टको रिंगसहितको फोटो राख्दै आफूले आभूषण ज्योति कंसाकारसँग जिन्दगी बिताउने निर्णय गरेको बताएकी छिन् । सन्ध्याले कानुनी रुपमा आफूहरूले विवाह गरेको भए पनि धार्मिक रुपमा विवाह गर्न बाँकी रहेको बताएकी छिन् ।
‘म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गरिरहेकी छु । धार्मिक रुपमा हामीले शपथ लिन बाँकी छ जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह तथा आशीवार्द चाहान्छौं,’उनले फेसबुकमा लेखेकी छिन् ।
इमेज च्यानलमा भिजेको रुपमा करिअर सुरु गरेकी सन्ध्याले अनमोल केसीको फिल्म ‘ड्रिम्स’बाट डेब्यू गरेकी थिइन् । थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी सन्ध्याले ‘कथा काठमाडौं’, ‘कमलेको बिहे’ आदि फिल्ममा अभिनय गरेकी छिन् । सन्ध्याको नाम कार्पेट व्यवसायी दर्शन भट्टराईसँग जोडिएको थियो । छोटो समय चलेको दुवैको रोमान्स ६ महिना नपुग्दै सकिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया