कला

क्वान्टिन टेरेन्टिनोको अन्तिम फिल्म कुन ?

इकागज |
असार १३, २०७८ आइतबार १२:४४ बजे

लसएन्जल्स :  निर्देशक क्वान्टिन टेरेन्टिनोले १० वटा फिल्म बनाएपछि फिल्म निर्देशनबाट सन्यास लिने घोषणा गरेका छन् । उनको यो घोषणा नवौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ सुटिङअघि नै आएको थियो ।

एकसेएक क्लासिक फिल्म निर्देशन गरेका क्वान्टिन आफ्नो बोलीमा अडिग रहलान् वा नरहलान् धेरैलाई चासो छ । वा बनाइहाले पनि अन्तिम फिल्म कस्तो बन्ला ? यसको उत्तर पाउन चाहाने जिज्ञासुको जमात ठूलो छ । 


टेरेन्टिनोले हालै आफू १० औं फिल्म बनाएर सन्यास लिने कुरामा अडिग रहेको त बताएका छन् तर यो फिल्मको बारेमा भने मुख खोलेका छैनन् । तर, उनले आफ्नो पहिलो फिल्मलाई नै ‘रिबुट’ गरेर अन्तिम फिल्म नै यसैलाई नै बनाउने कि भन्ने बारेमा भने सोचेको बताएका छन् । 

अभिनय हुँदै निर्देशनको करिअरको सुरु गरेका क्वान्टिनले ‘रिजोर्भोयर डग्स’बाट निर्देशकको पारी सुरु गरेका थिए । सानो लगानीमा स्टुडियोभन्दा बाहिर बसेर बनाइएको यो फिल्मले व्यापारिक सफलतासँगै कालान्तरमा ‘कल्ट क्लासिक’को स्ट्याटस पाएको थियो । 

टेरेन्टिनाले एक समय यही फिल्मलाई रिमके गर्ने सोचेको तर अहिले त्यो सोचबाट पछि हटिसकेको बताएका छन् । ‘हो मैले अन्तिम फिल्मको रुपमा यसैलाई रिमेक गरुँ कि भन्ने सोचेको थिएँ तर अब गर्दिन । मैले सोच्न चैं सोचेको हो,’ उनले हालै एचबीओलाई दिएको अन्तर्वार्तामा भनेका छन् । 

टेरेन्टिनोले आफू उचाइमा रहँदा नै फिल्म निर्देशनबाट पाखा लाग्ने निर्णय गर्नु राम्रो रहेकाले यस्तो निर्णय गरेको  बताएका छन् । असफल हुन थालेपछि सन्यास लिँदा फिल्ममेकरलाई सजिलो महसुस नहुने  उनको धारणा छ । 

टेरेन्टिनाको पछिल्ला तीन फिल्म इतिहाससँग सम्बन्धित थिए । त्यसैले अब अन्तिम फिल्म चैं उनले अहिलेको समयमा आधारित रहेर बनाए हुन्थ्यो भन्ने छ । उनले अहिलेसम्म हरर विधामा काम नगरेकोले र उनले केही समय पहिले यो विधाको प्रशंसा गरेकाले अन्तिम फिल्म यही विधाको हुन सक्ने पनि केहीको अनुमान छ । 


Author

थप समाचार
x