कला

‘फास्ट एन्ड फ्युरियस ९’ बन्यो महामारीमा सबैभन्दा बढी कमाउने फिल्म

इकागज |
असार १४, २०७८ सोमबार १५:३४ बजे

लसएन्जल्स :  डेढ वर्षको प्रतीक्षापछि हलमा रिलिज भएको फिल्म ‘फास्ट एन्ड फ्युरियस’को ९ औँ शृंखलाले बक्स अफिसमा कीर्तिमान राखेको छ । फिल्म महामारीको समयमा पनि सबैभन्दा बढी कमाउने फिल्म बनेको हो । अघिल्लो साता मात्र नर्थ अमेरिकामा रिलिज भएको फिल्मले ७ करोड अमेरिकी डलर कमाइ गरेको हो । 

‘फास्ट एन्ड फ्युरियस ९’को यो कमाइ महामारीको बीचको मात्र नभएर सन् २०१९ मा रिलिज भएको ‘स्टार्स वार्स ः दि राइज अफ स्काइवाकर’ भन्दा बढी भएको जनाइएको छ । 


केही महिनाअघि रिलिज भएको ‘दि क्वाइट प्लेस’को दोस्रो भागले पनि आक्रामक कमाइ गरेको थियो । यो फिल्मले पहिलो हप्ता मात्र ४ करोड ८३ लाख डलर बराबरको कमाइ गरेको थियो । 

‘फास्ट एन्ड फ्युरियस ९’को यो कमाइलाई व्यापार विश्लेषकले बक्स अफिस लयमा फर्किएको संकेतको रुपमा अथ्र्याएका छन् । उनीहरूका अनुसार अमेरिका अझै २० प्रतिशत खुल्न बाँकी छ तर त्यसका बावजुद फिल्ममा यत्तिको ‘फुटफल’ धेरै नै राम्रो हो । 

भान डिजेल, जोन सिना, चार्लिज थेरोन आदि कलाकारको अभिनय रहेको फिल्म चीन र कोरियाको बक्स अफिसबाट पनि राम्रो कमाइ गरेको थियो । 
 


Author

थप समाचार
x