कला

इशानको योग पार्टनर अनन्या पाण्डे

इकागज |
असार १५, २०७८ मंगलबार १४:११ बजे

मुम्बई :  इशान खट्टर शाहिद कपुरका भाइ हुन् । ‘धडक’बाट डेब्यु गरेका उनले ‘खाली पिली’, ‘बियोन्ड दि क्लाउड्स’, ‘सुटेबल ब्वाई’ आदि फिल्ममा काम गरेका उनको ‘फोन भूत’ प्रदर्शन हुन बाँकी छ । 

आफूलाई मध्यम वर्गीय मूल्य मान्यताका साथ हुर्किएको बताउने इशान बेलाबखत फ्यानसँग अन्तक्र्रिया गर्छन् । यसै क्रममा सोमबार गरेको अन्तक्र्रियामा भने उनले नयाँ कुराको खुलासा गरेका छन् । त्यो हो, उनको योग पार्टनर । 


इशान खट्टरले बेलाबखत योग गर्ने गरेका तस्बिर राख्ने गरेका छन् । उनको स्वस्थ्य हुने यो शैलीको बारेमा फ्यान पनि जानकार छन् । त्यसैले जब इशान फ्यानसँग ‘आस्क मी एनिथिङ’ सेसनअन्तर्गत कुरा गर्न थाले, एक जना फ्यानले ‘तपाईंको योग पार्टनर को हो ?’भनेर सोधे । उनले अनन्या पाण्डे आफ्नो योग पार्टनर भएको जवाफ दिए । यसो गर्नलाई उनले अनन्याको सानो बेलाको तस्बिर राखेका थिए ।

इशान र अनन्या गहिरो प्रेममा रहेको चर्चा चलेको लामै समय भएको बेला दुवैले यसलाई सकार्ने गरी कुनै अभिव्यक्ति दिएका थिएनन् । तर, इशानले अनन्यासँगै योग गर्ने गरेको जवाफ दिएर अफेयरको खबरलाई लालमोहर लगाइदिएका छन् । 

इशान र अनन्याको अफेयर भने ‘खाली पिली’को सेटबाट सुरु भएको थियो । पछि उनीहरू माल्दिभ्समा सँगै देखिएका थिए । अनन्यासँग नाम जोडिनु अघि भने इशान जान्हवी कपुरसँग अफेयरमा रहेका थिए । पछि जान्हवीले ब्रेकअप दिएको हल्ला चलेको थियो । 
 


Author

थप समाचार
x