कला

सुटिङको क्रममा बलिउड अभिनेता हाशमी घाइते

इकागज |
असोज २२, २०८१ मंगलबार ९:५५ बजे

काठमाडौँ- बलिउड अभिनेता इमरान हाशमी फिल्म शुटिंगको क्रममा घाइते भएका छन् ।

हाशमी तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका ​​क्रममा गम्भिर घाइते भएका हुन् । हाशमीले आफ्नो स्टन्ट गर्नेक्रममा घाँटीमा चोट लागेको बताइएको छ । यसको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउन तयार रहेका छन् । उनले चाँडै नै साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन् । यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।


Author

थप समाचार
x