Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कला

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १०:३२ बजे

काठमाडौँ- यस वर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’बारे नयाँ अपडेट आएको छ । 

निर्माण पक्षले हालै फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । डिसेम्बर ६ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।


निर्माताले ‘पुष्पा २: द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर ९ सय करोड कमाई गरिसकेको टाइम्स अफ इण्डियाले उल्लेख गरको छ । फिल्म कुन ओटीटी प्लेटफर्ममा रिलिज हुन्छ भन्ने आधिकारीक घोषणा भने हुन बाँकी छ । 

५०० करोडको लागतमा बनेको ‘पुष्पा २: द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ । फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए ।

फिल्म ६ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ । यसअघि फिल्मलाई १५ अगस्ट २०२४ मा स्वतन्त्रता दिवसको अवसरमा रिलिज गर्ने घोषणा गरिएको थियो तर छायांकन र पोस्ट प्रोडक्सनको काम अधुरो भएकाले रिलिज पछि सारिएको थियो ।


Author

थप समाचार
x