कला

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई

इकागज |
कात्तिक ११, २०८१ आइतबार १०:३० बजे

काठमाडौँ- मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् । यो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो ।

त्यस्तै मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितेकी छन् भने एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप भएका छन् ।


रिबन इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरेका थिए ।


Author

थप समाचार
x