कला

अदालतले पत्याएन ब्रिट्नीको गुहार

इकागज |
असार १७, २०७८ बिहीबार १२:३२ बजे

लसएन्जल्स :  आफ्नो बुबालाई संरक्षणकर्ताको रूपमा हटाउन माग गर्दै ब्रिट्नी स्पेयर्सले गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ । ब्रिट्नीका वकिलले उनका बुबा जेमी स्पेयर्सलाई संरक्षणकर्ताको रुपमा हटाउन माग गरेका थिए ।  जेमी सन् २००८ देखि ब्रिट्नीको संरक्षणकर्ताको रुपमा रहँदै आएका छन् । 

अघिल्लो हप्ता मात्र ब्रिट्नीले आफू लामो समयदेखि ठीक भएको अभिनय गर्दै आइरहेको भए पनि ठीक नभएको बताएकी थिइन् । अदालतमा बयान दिने क्रममा उनले आफूलाई विवाह गरेर बच्चा जन्माउने चाहना भएको भए पनि संरक्षकले नदिएको र आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप लगाएकी थिइन् ।


उनले पिता जेमीले पनि आफू रोइरहेको हेर्दा आनन्द लाग्ने गरेको घटना वर्णन गरेकी थिइन् । जवाफमा जेमी स्पयर्सले आफूले छोरीलाई असाध्यै माया गर्ने र उनको भविष्यका लागि चिन्तित रहेको बताएका थिए । त्योबाहेक उनले ब्रिट्नीले लगाएका आरोपहरूको छानबिन गर्न पनि अदालतसमक्ष आग्रह गरेका थिए ।

उनले विगत दुई वर्षयता ब्रिट्नीको औषधि तथा व्यक्तिगत कुरा नहेरेको पनि जानकारी गराएका थिए । अनौठौ व्यवहार देखाउन थालेपछि ब्रिट्नीले १३ वर्षदेखि संरक्षणकर्ताको संरक्षणमा रहेकी छिन् । यो व्यवस्थाअनुसार उनले आफूले कमाएको सम्पत्ति र व्यक्तिगत जीवन पनि संरक्षणकर्ताको तजबिजमा चल्छ । 


Author

थप समाचार
x