कला

जब डाक्टरले आफ्नै आमालाई वृद्धाश्रम लगेर छाड्‌छन्...(भिडियो)

इकागज |
कात्तिक २१, २०८१ बुधबार १४:४ बजे

काठमाडौँ- बाआमाको संघर्ष र वृद्ध अवस्थामा उनीहरूलाई आश्रम पुर्‍याउने दर्दनाक कथा बोकेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ले दर्शकको मन जित्दै गएको छ । केहि समयअघि ओएसआर डिजिटल युट्‌युबमार्फत सार्वजनिक गरिएको उक्त फिल्म  २० मिनेट ३५ सेकेण्डको छ । छोरा/बुहारीको व्यस्त जीवनशैलीका कारण पर्याप्त समय नहुने भएकाले आमालाई वृद्धाश्रम राखेको कथा फिल्ममा समेटिएको छ ।

उक्त फिल्मको लेखक/निर्देशन रामजी ज्ञवालीले गरेका हुन् । ज्ञवाली लामो समयको पत्रकारितापछि फिल्म मेकिङमा लागेका हुन् ।


फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छिन् भने अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय रहेको छ । फिल्म नीरज कँडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ ।

ज्ञवालीले अहिलेसम्म डार्क मुन, आराध्या, एक लभर, हनिमुन लगायतका प्रोजेक्ट बनाइसकेका छन् । उनले निर्माण गरेर विभिन्न फेस्टिभल तथा विशेष शोमा गएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ भने सार्वजनिक हुन बाँकी छ ।


Author

थप समाचार
x