आमिर खान र किरण रावको १५ वर्षे वैवाहिक जीवनमा पूर्णविराम
मुम्बई : आमिर खान र किरण रावबीच सम्बन्ध विच्छेद भएको छ । दुवैले संयुक्त वक्तव्य जारी गर्दै आफूहरूले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको जानकारी गराएका हुन् । वैवाहिक सम्बन्धमा नरहे पनि छोरा आजाद राव खानको भने मिलेर जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।
‘लगान’ को सेटमा भेट भएका दुवैले केही समयको अफयरपछि विवाह गरेका थिए । आमिर सो समयमा रीनासँग वैवाहिक सम्बन्धमा रहेकाले उनलाई डिभोर्स दिएर किरणसँग विवाह गरेका थिए । आमिरको पहिली पत्नी रीना दत्ताबाट जुनैद र इरा गरी दुई सन्तान छन् ।
संयुक्त वक्तव्यमा दुवैले आफूहरूले सुरु गरेका फिल्ममा पनि सहकार्य यथावत् रहने पनि जानकारी गराएका छन् । किरणले आमिर खान प्रडक्सनको ब्यानरमा बनेको फिल्म ‘धोबीघाट’को निर्देशन गरेकी थिइन् भने आमिर खानले बनाएका अन्य फिल्ममा निर्माताको भूमिका निर्वाह गरेकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया