बहुप्रतिक्षित ‘रामायण : १’ को सुटिङ सकियो, २०२६ को दिवालीमा प्रदर्शनमा आउने
मुम्बई- अभिनेता रणबीर कपुरले नितेश तिवारीको फिल्म रामायणमा काम गरिरहेको पुष्टि गरेका छन् ।
उनले पहिलो भागको छायांकन सकेर छिट्टै दोस्रो भागको छायांकन सुरु गर्नेसमेत जानकारी दिएका छन् ।
रेड सी फिल्म फेस्टिभलमा रणवीरले भने, ‘म अहिले फिल्म रामायणमा काम गरिरहेको छु, जुन सबैभन्दा ठूलो कथा हो । मेरो बाल्यकालको साथी नमित मल्होत्रा, जसले धेरै समर्पणका साथ यो फिल्म बनाइरहेको छ। उनले उत्कृष्ट कलाकार र क्रु पाएको छ । यसलाई नितेश तिवारीले निर्देशन गरिरहेका छन् ।’
रणवीरले थप भने, ‘त्यस कथाको हिस्सा बन्नको लागि म रामजीको भूमिका निभाउन पाउँदा निकै विनम्र छु । यो मेरो लागि सपना हो। यो एक फिल्म हो जसमा सबै कुरा छ। यसले भारतीय संस्कृति के हो भन्ने सिकाउँछ।’
केही समय अघि निर्माता नमित मल्होत्राले एक पोस्ट शेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका थिए । उनले यो पनि लेखेका छन्– ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको थिएँ । जसले ५०० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ। म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु। हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति, हाम्रो रामायण, संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने, हाम्रो सबैभन्दा ठूलो महाकाव्यलाई गर्व र सम्मानका साथ जीवनमा ल्याउने हाम्रो सपना पूरा गर्न हामीसँग सामेल हुनुहोस्।’
उनका अनुसार सो फिल्म २०२६ को दिवालीमा रिलिज हुनेछ भने दोस्रो भाग २०२७ को दिवालीमा रिलिज हुनेछ ।
उता दक्षिण भारतीय कलाकार यश आफैंले फिल्ममा रावणको भूमिका निर्वाह गरिरहेको बताइसकेका छन् । केही समयअघि यशले हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा आफू फिल्म रामायणमा रावणको भूमिका निभाउने कुरा पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘एक अभिनेताको हैसियतले रावणको भूमिका खेल्न पाउनु मेरो लागि निकै रोमाञ्चक छ । मलाई उनको चरित्रको सूक्ष्मता धेरै मन पर्छ।’
रामायणको बारेमा कुरा गर्दै यशले अगाडि भनेका थिए, ‘यति ठूलो बजेटको फिल्म बनाउन त्यस्ता कलाकारलाई ल्याउनुपर्छ । म फिल्मका निर्मातासँग सुरु देखि नै जोडिएँ । जब म फिल्मबाट ब्रेकमा थिएँ, हामी यस विषयमा छलफल गरिरहेका थियौं। यस फिल्मका लागि पहिले रणवीर, त्यसपछि म र त्यसपछि साई पल्लवीलाई कास्ट गरिएको थियो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया