यी हुन् जति रिमेक बनाए पनि झन् बढी चलिरहने पाँच भारतीय फिल्म
मुम्बई- कुनै पनि चलचित्रको रिमेक बनाउने चलन हिन्दी चलचित्र देखि दक्षिण भारतीय उद्योगसम्मको लामो समयदेखि चल्दै आएको छ ।
तर, रिमेक भएका कतिपय फिल्म फ्लप भए पनि कतिपय भने सुपर डुपरहिट भएका छन् । कतिपय फिल्म फेरी यस्ता पनि हुन्छन् कि जसको जति रिमेक बनाए पनि सबै हिट हुन्छन् ।
मणिचित्रथुज
वास्तवमा सन् १९९३ मा एउटा फिल्म रिलिज भएको थियो, जसको नाम ‘मणिचित्रथुज’ हो । यो फिल्मले रिलिज हुनेबित्तिकै बक्स अफिसमा धमाका मच्चायो र त्यसपछि यसको रिमेक बन्न सुरू भयो । मोहनलाल र सुरेश गोपी अभिनित यो फिल्म मात्र ३० लाखमा बनेको थियो र त्यो बेला २.७ करोडको व्यापार गरेको थियो । यो चलचित्रलाई जनताले धेरै माया दिएका छन् ।
अपथमित्र
यसपछि सन् २००४ मा यसको रिमेक बन्यो, जसको नाम ‘अपथमित्र’ राखियो । फिल्म रिलिज हुनेबित्तिकै टिकट विन्डोमा पनि ठुलो हलचल मच्चाएको थियो र ३ करोडको बजेटमा बनेको यो फिल्मले २० करोड कमाएको थियो, जुन आफैमा ठूलो कुरा हो । यो क्रम यहीँ रोकिएन र सन् २००५ मा यो फिल्म फेरी ‘चन्द्रमुखी’ नाममा रिलिज भयो, यसले पनि उत्तिकै तहल्का मच्चायो ।
राजमहल
फिल्मको रिमेकले फेरि धमाका गर्यो र १९ करोडमा बनेको फिल्मले ६० करोडको व्यापार गर्यो । यो फिल्ममा रजनीकान्त, नयनथारा र ज्योतिका जस्ता सुपरस्टारहरू थिए, जसलाई मानिसहरूले यसपछि सन् २००५ मा नै यस फिल्मको अर्को रिमेक आयो, जसको नाम ‘राजमोहेल’ थियो र यो बंगालीमा बनेको थियो । यसमा प्रोसेनजीत चटर्जी, अभिषेक चटर्जी र अनु चौधरी मुख्य भूमिकामा थिए।
भुलभुलैया
सन् २००७ मा फिल्म ‘भूल भुलैया’ आयो । यसपटक फिल्मको रिमेक हिन्दीमा बनाइएको थियो, जसमा अक्षय कुमार र विद्या बालन मुख्य भूमिकामा थिए। यो फिल्मको बजेट ३० करोड थियो तर यसले बक्स अफिसमा धमाका गर्दै ८५ करोडको व्यापार गर्यो। त्यसपछि सन् २०२२ मा सोही फिल्मको दोस्रो भाग रिलिज भयो ।
भूल भुलैया– ३
यस फिल्ममा अक्षय कुमारको स्थानमा कार्तिक आर्यन आए र १५० करोडको बजेटमा बनेको फिल्मले २६० करोड कमाएको थियो । योसँगै अब फेरि यो फिल्मको रिमेक आएको छ, त्यसैले यो ‘भुल भुलैया’ को तेस्रो पार्ट हो । यो फिल्म यसै वर्ष २०२४ मा रिलिज भएको थियो । मात्र १५० करोडमा बनेको यो फिल्मले अहिलेसम्म ५००.५१ करोडको व्यापार गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया